शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

राष्ट्रपति बाइडनद्वारा अमेरिकी फौज फिर्ता गर्ने निर्णयको बचाउ

दैनिक नेपाल २०७८ भदौ १ गते ७:३७

न्युयोर्क, १ भदौ । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकी बहिर्गमनको निर्णयमा आफू पूर्ण रूपमा कटिबद्ध रहेको बताएका छन् ।

युद्धग्रस्त अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि चौतर्फी आलोचना खेपिरहेका बेला उनले आफ्नो निर्णयको बचाउ गरेका हुन् ।

‘कति थप अमेरिकी जीवन त्यसको लागि अर्पण गर्नुपर्थ्यो’, राष्ट्रपतिले भने । उनले काबुलका अत्यन्त विदारक दृश्यका बावजूद अमेरिकी फौज हटाउने उपयुक्त समय कहिल्यै पनि हुने थिएन भनेका छन् ।

अफगान राष्ट्रपति अशरफ गनीले देश छाडेर उनको सरकार ढलेपछि आइतवार तालिबानले लडाइँ जितेको घोषणा गरेको थियो ।

सशस्त्र विद्रोहीहरू पुनः सत्तामा आउने अवस्थासँगै अफगानिस्तानमा करिब २० वर्ष लामो अमेरिकी नेतृत्वको गठबन्धनको उपस्थिति अन्त्य भएको छ ।

तालिबानको नियन्त्रणमा जाने काबुल अन्तिम प्रमुख सहर बनेको छ । तालिबानले महिनौँअघिदेखि देशैभरि आफ्नो नियन्त्रण विस्तार सुरु गरेका थिए ।

पछिल्ला दिनहरूमा त्यो गति तीव्र बन्यो र उनीहरूले केही दिनभित्रै अफगानिस्तानभरि आफ्नो नियन्त्रण कायम गरे । तालिबानको यस्तो तीव्र विस्तारले धेरै विश्लेषकलाई पनि झड्का लगाइदिएको छ । बीबीसी

प्रतिक्रिया
सम्बन्धित