शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

काबुल एयरपोर्टमा अमेरिकी सेनाले गोली चलाएपछि मच्चियो भागदौड

दैनिक नेपाल २०७८ साउन ३२ गते १३:२१

काठमाडौँ, ३२ साउन । अफगानिस्तानको काबुल एयरपोर्टमा सोमबार अमेरिकी सेनाले गोली चलाउँदा भागदौड मच्चिएको छ ।

अमेरिकी सेनाले तालिवानले काबुल कब्जा गरेसँगै एयरपोर्टमा भीड बढेपछि गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

अमेरिकी सेनाको गोली लागेर २ व्यक्तिको मृत्यु भएको दावी गरिएको छ । काबुल एयरपोर्ट अमेरिकी सेनाले नियन्त्रणमा लिएको जनाइएको छ ।

अमेरिकी सेनाले गोली चलाए लगत्तै एयरपोर्टमा भागदौड मच्चिएको थियो ।

गोली चलेसँगै उक्त विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित