शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

आफ्नो जितसँगै अफगानिस्तानमा युद्ध समाप्त भएको तालिवानको घोषणा

दैनिक नेपाल २०७८ साउन ३२ गते ११:०१

काबुल, ३२ साउन । अफगानिस्तानको राष्ट्रपति भवन कब्जामा लिएसँगै अफगानिस्तानमा तालिवानले आफ्नो विजय भएको दाबी गरेको छ ।

अफगानिस्तानमा सरकार ढलेको छ भने राष्ट्रपति अशरफ घानी देश छाडेर ताजिकिस्तानतिर लागेका छन् ।

तालिवानका प्रवक्ताले सञ्चारमाध्यमसँग कुरा गर्दै अफगानिस्तानमा युद्ध समाप्त भएको बताएका छन् । तालिवानका प्रवक्ताले जनताले स्वतन्त्रता पाएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

अल जजिरा टेलिभिजनसँग कुरा गर्दै तालिवानका प्रवक्ता मोहम्मद नईमले अन्तर्राष्ट्रिय समुदायसँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहेको समेत बताएका छन् ।

उनले तालिवान अलग–अलग भएर बस्न नचाहने भन्दै अफगानिस्तानमा कुन प्रकारको शासन हुने छ भन्ने चाँडै स्पष्ट पारिने बताए । उनले तालिवाने शरिया काूननअन्तर्गत महिला र अल्पसंख्यकहरुको अधिकार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने बताए ।

प्रवक्ता नईमले तालिवानल कसैको मामिलामा हस्तक्षेप नगर्ने र अफगानिस्तानका मामिलामा पनि हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित