शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

शक्तिशाली भूकम्पमा परी हाइटीमा ज्यान गुमाउनेको सङ्ख्या ३०४ पुग्यो, १८०० जना घाइते

दैनिक नेपाल २०७८ साउन ३१ गते १८:४७

पोर्ट अ प्रिन्स, ३१ साउन । हिजो शनिबार गएको ७.२ र आज आइतबार ५.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी हाईटीमा ज्यान गुमाउनेको सङ्ख्या ३०४ जना पुगेको छ ।

शनिबारको शक्तिशाली भूकम्पपछि हाईटीमा आज आइतबार पुनः ५.८ रेक्टर स्केलको नयाँ भूकम्प गएको छ ।

शनिबारको भूकम्पमा परी ३०४ जनाको मृत्यु भएको, करिब १ हजार ८०० व्यक्ति घाइते भएका हाइटीका अधिकारीले पुष्टि गरेका छन् । भूकम्पका कारण एक हजारभन्दा बढी घरहरू भत्किएका छन् भने कमजोर संरचना भएका केही जेल तथा थुप्रै भवनहरू भत्किएका छन् ।

हाइटीको सरकारले भूकम्पपछिको अवस्थालाई व्यवस्थित गर्न एक महिना लामो राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ ।

यसपहिले सन् २०१० को जनवरीमा हाइटीमा गएको ७.० रेक्टर स्केलको भूकम्पले पोर्ट–अउ–प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्षति भएको थियो । उक्त भूकम्पमा परी दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेको थियो ।

प्रतिक्रिया
सम्बन्धित