
नुवाकोट, ३१ साउन । वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा केदार पौडेललाई जिल्ला अदालतले दोषी ठहर गरेको छ ।
बालिका बलात्कारको कसुरमा दोषी ठहर गर्दै नुवाकोट जिल्ला अदालतले विदुर नगरपालिका–१२ का १९ वर्षीया केदार पौडेललाई १२ वर्ष कैद सजायको फैसला गरेको हो । जिल्ला अदालतका न्यायाधीश उमेश प्रसाद लुइटेलको इजलासले आरोपित पौडेललाई बलात्कार कसुरमा दोषी ठहर गर्दै सो सजायको फैसला गरेको अदालतले जनाएको छ ।
कसुरदारले पीडित बालिकालाई रू. ५० हजार क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ । कसुरदार पौडेलले ती बालिकालाई २०७७ वैशाख ३० गते बेलकोटगढी नगरपालिका–५ स्थित पीडित बालिकाको गाउँको मकैबारी नजिकैको एक ओडारमा बोलाई बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा ०७७ वैशाख ३१ गते दर्ता भएको थियो ।
पौडेललाई बालिकालाई बलात्कार गरिरहेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । कसुरदारलाई जिल्ला अदाललते ०७७ जेठ २५ गते पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।















प्रतिक्रिया