८ कार्तिक २०८३, आइतबार

अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढ्यो, नेपालीको उद्धार गरौं : राप्रपा

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढेकाले त्यहाँ रहेका नेपालीलाई सुरक्षित रुपमा नेपाल फर्काउन सरकारसँग माग गरेको छ ।

आज आइतबार पार्टी तीन जना अध्यक्षले संयुक्त रुपमा विज्ञप्ति जारी गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको पूर्ण सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेका हो ।

‘तालिवानी विद्रोहीहरुको आक्रमण बढदै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढदै गएको छ । यस अवस्थामा त्यहाँ रहेका नेपालीहरुको सुरक्षावारे राप्रपा चिन्तित रहेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसर्थ, अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।’

यसैबीच राप्रपाले तत्कालीन नेपाल सरकार र ब्रिटिश सरकारका बीचमा भएको सम्झौता अनुरुप बेलायती सेनामा रहेर नेपाली नागरिकहरुले काम गर्न थालेको २०० वर्ष नाघिसकेको स्मरण गराउँदै उनीहरुको मुद्दाबारे अविलम्ब कसरकारले कदम चाल्नुपर्ने पनि बताएको छ ।

‘आजसम्म पनि बेलायती सेनामा काम गर्ने नेपालीहरु माथि कायम रहेको भेदभाव र असमानताको पूर्णरुपले अन्त्य हुन सकेको छैन । ब्रिटिश गोर्खाका पुर्व सैनिकहरुले न्याय र समानताको माग राखेर लामो समयदेखि संघर्ष गर्दै आएका छन्,’ विज्ञप्तिमा लेखिएको छ, ‘विगतमा पनि ब्रिटिश सेनाका भूर्तपूर्व सैनिकहरुले उठाउँदै आएका जायज मागहरुप्रति राप्रपाले समर्थन गर्दै आएको सर्वविदित छ । यसै पृष्ठभूमीमा ब्रिटिश गोर्खाका भूतपूर्व सैनिकहरुको हाल जारी संघर्षप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुका माग पुरा गर्न बेलायती सरकारसँग राप्रपा आग्रह गर्दछ ।’