९ कार्तिक २०८३, सोमबार

कांग्रेसले ६ महिना थप्यो नेविसंघ र तरुण दलसहित ९ संस्थाको म्याद

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसले पार्टीका ९ वटा भ्रातृ संस्थाको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नेपाल विद्यार्थी संघ र तरुण दलसहितका ९ वटा भ्रातृ संस्थाको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो ।

म्याद समाप्त भएका नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको म्याद पदावधी समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय भएको हो ।