शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

भारतले आज ७५औं स्वतन्त्रता दिवस मनाउँदै, दिल्लीको सुरक्षा व्यवस्था कडा

दैनिक नेपाल २०७८ साउन ३१ गते १०:२५

काठमाडौं, ३१ साउन । भारतले आज ७५औं स्वतन्त्रता दिवस मनाउँदैछ ।

कोरोना महामारीका कारण सीमित व्यक्तिहरुको उपस्थितिमा आज दिल्लीस्थित लालकिल्लामा औपचारिक कार्यक्रम आयोजना गरिएको छ ।

स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्वोधन गरेका छन् । कार्यक्रममा सेनाका जवान, ओलम्पिक पदक विजेता भारतीय खेलाडी तथा कोरोना महामारीको विरुद्धमा अग्रभागमा रहेर सेवा गर्नेहरु सम्मानित हुँदैछन् ।

स्वतन्त्रता दिवसलाई मध्यनजर गरी राजधानी दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । संवेदनशील क्षेत्रमा ड्रोनद्वारा निरीक्षण गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।

औपचारिक समारोहस्थल लालकिल्लामा प्रहरीले सर्वाधिक खोजीको सूचीमा रहेका आतंकबादीहरुको तस्वीर टाँसेको छ । एजेन्सी

 

प्रतिक्रिया
सम्बन्धित