८ कार्तिक २०८३, आइतबार

पूर्वप्रधानमन्त्री खनाललाई भेट्न दिल्ली गए एमाले नेताद्वय भीम र सुरेन्द्र

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । भारतको एपोलो अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न दुई जना नेता नयाँदिल्ली गएका छन् ।

पार्टी सचिव भीम आचार्य र नेता सुरेन्द्र पाण्डे आज शनिबार दिल्ली गएका हुन् । केही दिनअघि मात्रै मिर्गौला प्रत्यारोपण गराएका खनाल अहिले अस्पतालमै आराम गरिरहेका छन् । अझै केही समय स्वेदश आउन नसक्ने भएपछि खनाललाई भेट्न नेताद्वय आचार्य र पाण्डे उतै गएका हुन् ।