८ कार्तिक २०८३, आइतबार

मन्त्रिपरिषद् विस्तार नगरेर प्रधानमन्त्री देउवाले गैरजिम्मेवारी प्रदर्शन गरे : अध्यक्ष राणा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले समयमै मन्त्रिपरिषद् विस्तार नगरेर प्रधानमन्त्री शेरबहादुर देउवाले गैरजिम्मेवारीपन देखाएको बताएका छन् ।

काठमाडौं क्षेत्र–५ को कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राणाले प्रधानमन्त्री नियुक्त भएको एक महिना बितिसक्दा पनि सरकार विस्तार गर्न नसक्नु लाचारी र गैरजिम्मेवार भएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना गरेका हुन् । पाँच जना मन्त्रीको भरमा सत्ता सञ्चालन गरेर जनताको काममा हदैसम्मको खेलाँची गरेको राणाको भनाइ छ ।

सो अवसरमा अध्यक्ष राणाले राप्रपाको एकीकृत शक्तिले देशमा वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्ने बताएका छन् । ‘एकीकृत भएको राप्रपाले समयको माग अनुरुप, हाम्रो सामुन्नेमा जुन मौका आएको छ, त्यो मौका छोपेर वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्नेछ । पार्टी स्थापना कालको उद्देश्य पूरा गर्ने छ,’ अध्यक्ष राणाले शनिबार भने ।

कार्यक्रमका प्रमुख अतिथि राणाले, महाधिवेशनको क्रममा सबै तह र तप्काका संगठनहरु निर्माण गर्न सक्रिय भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । ‘पार्टी एकता पछिको महाधिवेशनलाई संगठन निर्माण गर्ने अवसरको रुपमा लिनु पर्दछ । महाधिवेशनको बलमा निर्माण भएको सांगठानिक संरचनाबाट हामीले स्थानीय निकायको निर्वाचनमा सफलता हासिल गर्ने हाँकलाई साकार तुल्याउनु छ,’ राणाले भने । त्यसैले संगठन निर्माण गर्न र जनतामाझ जान कुनै कसर बाँकि राख्न नहुने उनको भनाइ थियो ।

सो अवसरमा विभिन्न दल परित्याग गरी ६५ जनाले राप्रपामा प्रवेश गरेका थिए । करिव दुइतिहाई बहुमत प्राप्त कम्युनिष्टहरुको सरकारले जनादेशको दुरुपयोग गर्दै देशलाई तहस नहस बनायो, अध्यक्ष राणाले भने । अहिले आएर नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले पनि कुनै आशा सञ्चार गर्न नसकेको उनको भनाइ छ ।