८ कार्तिक २०८३, आइतबार

कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुङ्ग्याउन विशेष कार्यदल गठन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवादको टुंगो लगाउन विशेष कार्यदल गठन भएको छ ।

क्रियाशील सदस्यता छानबिन समितिले गरेको कामका आधारमा थप छानबिन गरी शतप्रतिशत विवाद समाधान गर्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदल गठन गरिएको हो ।

कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गत स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् ।