आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

धानबाली विशेषज्ञ बस्नेतको निधन

दैनिक नेपाल २०७८ साउन ३० गते १९:०९

काठमाडौं, ३० साउन । वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड–१९ सङ्क्रमणबाट ७१ वर्षका उमेरमा निधन भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पुर्‍याएका उनी सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्सधान केन्द्र (इरी) को अनुसन्धानमा संलग्न थिए ।

उनको शनिबार काठमाडौंको ओम अस्पतालमा निधन भएको परिवारले जनाएको छ । नेपालमा हिउँदे धान खेतीको सुरुआत तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको योगदान रहेको थियो । बस्नेतका दुई छोरी र एक श्रीमती छन् ।

प्रतिक्रिया
सम्बन्धित