आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

विचार, सिद्धान्त र निष्ठालाई सर्वोपरी ठाने मात्रै राप्रपाले गति लिन्छ : सुब्बा

दैनिक नेपाल २०७८ साउन ३० गते १६:५२

सुनसरी, ३० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता, पूर्वमन्त्री रामकुमार सुब्बाले विचार, सिद्धान्त र निष्ठालाई सर्वोपरी मानेर अगाडि बढे मात्रै पार्टीले गति लिने बताएका छन् ।

‘सबभन्दा माथि विचार, सिद्धान्त र निष्ठा हुन्छ । यही शाश्वत सत्यलाई आत्मसात गरी अघि बढे, राप्रपाले सही दिशा लिन्छ,’ राप्रपाका वरीष्ठ नेता सुब्बाले भने ।

राजसंस्था र हिन्दुराज्यको विषयमा द्विविधि र मनमुटाव नराखी अगाडि बढ्न सबै नेता, कार्यकर्तालाई आह्वान गर्दै प्रमुख अथिति सुब्बाले भने, ‘जनता बलियो भए दरबार बलियो हुन्छ । यस मानेमा हामी सबैको नैतिक जिम्मेवारी छ ।’

उनले भने, ‘सत्यको विजय अवश्य हुन्छ, राजसंस्था र हिन्दुराज्यको एजेण्डा जनतामाझ स्थापित हुन्छ ।’ आज शनिबार राप्रपा कोशी गाउँपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री सुब्बाले विभिन्न धर्महरुको एकतामा हिन्दुराज्य अड्नु पर्ने बताए ।

सो अवसरमा श्यामनारायण मेहताको अध्यक्षतामा ३१ सदस्य गाउँपालिका कार्यसमिति गठन भयो ।

सुनसरी जिल्ला, क्षेत्र नं ४ अन्तरगतको कोशी गाउँपालिकाको अधिवेशनमा राप्रपाका केन्द्रीय सदस्यहरु हसबुल मिया, ईनु अधिकार र डम्बर कुमार घिमिरे उपस्थित थिए ।

यसैगरी प्रदेश नं १ का सचिव गणेशप्रसाद दुलाल, सुनसरी जिल्ला अध्यक्ष दुर्गाबहादरु बस्नेत, जिल्ला सदस्य तथा संगठन प्रमुख नदिन थापा, युवा संगठन प्रदेश नं १ संयोजक आकाश सुब्बा लगायतको पनि उपस्थित थियो ।

प्रतिक्रिया
सम्बन्धित