८ कार्तिक २०८३, आइतबार

शनिबार काठमाडौं उपत्यकामा थपिए ७९५ जना संक्रमित, कुन जिल्लामा कति ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । शनिबार देशभर कोरोना भाइरसका २ हजार ६२४ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ७९५ जना संक्रमित थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा ५३५ जना, ललितपुरमा १६४ जना र भक्तपुरमा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर ८ हजार ६६७ जनाको आरटी–पीसीआर गर्दा १ हजार ९४७ जना र ४ हजार ९०६ जनाको एन्टिजेन परीक्षण गर्दा ६७७ जना गरी आज २ हजार ६२४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ३० हजार ४७९ जना पुगेको छ ।