आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

२४ घण्टामा थप २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि

१ हजार ३२० जना निको हुँदा २० जनाको मृत्यु

दैनिक नेपाल २०७८ साउन ३० गते १६:२३

काठमाडौं, ३० साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर ८ हजार ६६७ जनाको आरटी–पीसीआर गर्दा १ हजार ९४७ जना र ४ हजार ९०६ जनाको एन्टिजेन परीक्षण गर्दा ६७७ जना गरी आज २ हजार ६२४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ३० हजार ४७९ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार २५९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३२० जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८० हजार ८१५ जना पुगेको छ । यो कुल संक्रमितको ९३ दशमल २ प्रतिशत हो । पछिल्लो समय निको हुनेको दर क्रमशः घट्दै गएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३७ लाख ४९ हजार ४८४ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३९ हजार ४०५ जना आइसोलेसन र ४११ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित