आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

मौद्रिक नीतिले जनताको आत्मबल बलियो बनाएको छ : पूर्वगभर्नर डा. नेपाल

दैनिक नेपाल २०७८ साउन ३० गते १६:१७

काठमाडौं, ३० साउन । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा अर्थविद् डा. चिरञ्जीवी नेपालले अप्ठ्यारो बेलामा आएको मौद्रिक नीतिले आम जनताको आत्मबल बलियो बनाएको बताएका छन् ।

कोभिड–१९ ले निरन्तर प्रभावित बनाइरहेको बेला आएको नीतिले समग्रमा राहत प्याकेजको रूपमा काम गर्ने बताउँदै उनले मौद्रिक नीतिले आम जनताको आत्मबल बलियो बनाएको बताएका हुन् ।

कोभिडले गर्दा यो अप्ठ्यारो अवस्थामा सरकारले केही गर्नुपर्छ भन्ने आम जनताको चाहना रहेको र सोहीअनुसार मौद्रिक नीति आएको उनको भनाइ छ । तल्लो वर्गलाई सम्बोधन गर्नेगरी अबको बजेट आउनुपर्नेमा उनको जोड छ । कोभिडको तेस्रो लहरमा हिजो आएको मौद्रिक नीतिले आर्थिक पूनःस्थानमा सहयोग पुग्ने पनि नेपालले विश्वास व्यक्त गरेका छन् ।

शनिबार राजधानीमा आयोजित एक साक्षातकार कार्यक्रममा डा. नेपालले भने, ‘केन्द्रीय बैंक सुविधा÷सहुलियत दिने संस्था होइन । त्यो तपाईँहरू प्रष्ट हुनुपर्छ । सुविधा, सहुलियत, अप्ठ्यारो बेलामा पर्दा दिने भनेको राज्यले हो । सरकारले हो । त्यो भनेको बजेटमार्फत नै हो ।’ उनले अप्ठ्यारो पर्दा केन्द्रीय बैंकले पनि राहत प्याकेज ल्याउनुपर्ने कुराको अहिले आएर आवश्यकत्ता महशुस भएको स्मरण गराए ।

उनले भने, ‘केन्द्रीय बैंकको सबभन्दा ठूलो र महत्वपूर्ण काम भनेको मुद्रा स्फितीलाई कन्ट्रोलमा राख्ने, वित्तिय स्थायित्व हेर्ने हो । भोलि वित्तिय स्थायित्व खलबलियो भने संसारलाई कसैले दोष दिँदैन्, केन्द्रीय बैंकलाई नै दिईन्छ । संसारमा अहिले केन्द्रीय बैंकले अप्ठ्यारो परेको के भन्दा कोभिडको बेला अघिल्लो वर्ष राहत ल्यायो, सुविधा ल्यायो, अब त्यो पोलिसीलाई कसरी ब्याक गर्ने त्यो सबभन्दा ठूलो कुरा हो ।’

प्रतिक्रिया
सम्बन्धित