आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

प्रचण्डको दाबी : आगामी चुनावमा प्रमुख शक्ति बन्ने पार्टी माओवादी नै हो

दैनिक नेपाल २०७८ साउन ३० गते १४:२४

काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमार्फत सबैभन्दा ठूलो शक्ति बन्ने पार्टी नेकपा माओवादी नै भएको दाबी गरेका छन् ।

आज शनिबार काठमाडौंमा शुरू भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी मुलुकमा प्रमुख शक्ति बन्ने थुप्रै आधारहरू तयार भएको टिप्पणी उनले गरेका हुन् । बैठकमा समसामयिक परिस्थितिबारे ‘संक्षिप्त रिपोर्टिङ’ गर्ने क्रममा प्रचण्डले भने, ‘आगामी निर्वाचनसम्म आउँदा माओवादी देशको प्रमुख शक्ति बन्ने सम्भावना छ ।’

पछिल्ला राजनीतिक घटनाक्रममा माओवादीले राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको हुनाले चुनावमा प्रमुख शक्ति बन्ने राजनीतिक आधार तयार भएको प्रचण्डको दाबी छ । तर, अहिलेको राजनीतिक पहललाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्नुपर्ने खाँचो उनले औंल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित