आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

भारतमा ३८ हजार ६६७ जनामा कोरोना संक्रमण, ४७८ जनाको मृत्यु

दैनिक नेपाल २०७८ साउन ३० गते १२:५५

काठमाडौं, ३० साउन । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२२ लाख २९ हजार ७९८ जनाको नमूना परीक्षण गर्दा ३८ हजार ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै भारतमा कुल सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ८७ हजार ६७३ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ३५ हजार ७४३ जना संक्रमणमुक्त भएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणका कारण थप ४७८ जनाको मृत्यु भएको छ । भारतभर कोभिड–१९ संक्रमणका कारण हालसम्म ४ लाख ३० हजार ७३२ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित