८ कार्तिक २०८३, आइतबार

डिजिटल नेपालको उत्कृष्ट परिकल्पनाकारले जिते एक लाख रूपैयाँ राशीको पुरस्कार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । लिभिङ आइसीटीले आयोजना गरेको माइ सेकेन्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिताका विजेताहरूको घोषणा गरिएको छ ।

विभिन्न विधामा ८ जना विद्यार्थीले रू. २५ हजारदेखि रू. १ लाखसम्मको पुरस्कार प्राप्त गरेका छन । यसैगरी उनीहरूले विभिन्न स्पोन्सरबाट आकर्षक पुरस्कार र इन्टरनेट सुविधा समेत प्राप्त गरेका छन् ।

शुक्रबार सोल्टी होटेलमा आयोजना भएको विशेष कार्यक्रममा विजेताहरूलाई पुरस्कार प्रदान गरिएको हो । प्रतियोगिताको प्रथम पुरस्कार सेन्टजेभियर्स कलेज, माइतीघरमा १२ कक्षामा अध्ययनरत नेहा गिरीले हात पारेकी छन् ।

उनले ‘मेरो डिजिटल नपाल, मेरो परिकल्पना’ शीर्षकको निबन्ध प्रतियोगिताको सर्वोकृष्ट रचना हुँदै एक लाख रूपैयाँ जितेकी हुन् ।

दोस्रो हुनेमा बगंगलामुखी राधाकृष्ण थारु उच्च माध्यमिक विद्यालय गुलेरिया–६ बर्दियामा कक्षा १० मा अध्ययनरत प्रश्ना सुवेदी र रत्न राज्यल माध्यमकि विद्यालय, बानेश्वरबाट यस वर्ष एसईई दिएका ऋदम भेटवाल रहेकी छिन् ।

प्रश्नाले ‘पूरा होस् मेरो सपना : डिजिटल नेपालको’ शीर्षकमा कविता लेखेकी थिइन भने ऋदमले ‘मेरो सपनाको डिजिटल नेपाल’ निबन्ध लेखेकी थिइन । उनीहरूले जनही ५० हजार नगद पुरस्कार पाएका छन् ।

तेस्रो हुने चार जनामा मनकामना माध्यमिक विद्यालय बिर्तामोड, झापाबाट एसईई दिएका असिम डंगोल, त्रि–पद्म विद्याश्रम माध्यमिक विद्यालय पुल्चोक, ललितपुरबाट एसईई दिएका अनिश श्रेष्ठ, बूढानीलकण्ठ स्कुल, काठमाडौंमा कक्षा १० मा अध्ययनरत उद्धव ठाकुर र बृहस्पति विद्यासदन, नक्साल काठमाडौंमा कक्षा ७ मा अध्ययनरत विशेष्ता चौधरी रहेका छन् ।

असिमले ‘डिजिटल नेपाल : एक अमुक सपना’ शीर्षकको कविता लेखेका थिए भने अनिषले ‘सुन्दर शान्त विशाल, मेरो परिकल्पनाको डिजिटल नेपाल’ शीर्षकको भिडियो प्रिजेन्टेशन बनाएका थिए । त्यस्तै, उद्धवले ‘वे टु डिजिटल नेपाल’ शीर्षकको निबन्ध र विशेष्ताले ‘माइ डिजिटल नेपाल’ थिममा आर्ट गरेकी थिइन् ।

तेस्रो हुने सबै जनाले जनही नगद २५ हजार रूपैयाँ प्राप्त गरेका छन् ।

त्यसैगरी, प्रतियोगितामा विद्यार्थीको एक समूहले ‘डिजिटल र समृद्ध नेपाल’ शीर्षकको फ्रेमवर्क तयार गरेका थिए । इभ्यालुएसन प्यानलले यस फ्रेमवर्कलाई विशेष सम्मान गर्ने निर्णय स्वरूप काठमाडौं मोडल सेकेन्डरी स्कुल, बागबजारका प्रशन्नकुमार रेग्मी, शशांक न्यौपाने, आर्या प्रसाँई र अमिम सिंहलाई ‘स्पेसल मेन्सन पुरस्कार’बाट सम्मानित गरिएको छ । उनीहरूले ५१ हजार एक सय ५१ रूपैयाँ राशीको विशेष पुरस्कार हात पारेका छन् ।

यसबाहेक विजेताले स्पोन्सर कम्पनीहरूबाट आकर्षक अफरहरू पनि प्राप्त गर्ने छन् । डिसहोमले सम्पुर्ण विजेतालाई एक वर्षको इन्टरनेट र शिर्ष प्रायोजक माइ सेकेण्ड टिचरले विशेष गिफ्ट प्रदान गरेको छ ।

नेपालमै पहिलो पटक सूचना तथा सञ्चार प्रविधिका विषयमा नयाँ पुस्तालाई जागरुक गर्ने उद्देश्यले ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ शीर्षकमा गत असार १ गतेदेखि असार ३१ गतेसम्म उक्त प्रतियोगितामा भाग लिन आह्वान गरिएको थियो ।

प्रतियोगितामा निवन्ध, कविता, लेख, चित्र, वक्तृत्व, भिडियो प्रिजेन्टेशन मार्फत ३५० बढीको सोच तथा परिकल्पना प्राप्त भएका थिए ।

प्रतियोगितमा सहभागी ३५० बढी परिकल्पनाबाट उत्कृष्ट छनोट गर्न ११ जनाको मूल्यांकन समिति बनाइएको थियो । मूल्यांकन समितिका सदस्यहरूले प्रत्येक रचनालाई मूल्यांकन गरेर सर्ट लिष्ट गरेका थिए ।

मूल्यांकन समितिको लामो प्रकृयाबाट उत्कृष्ट ८ रचनालाई पुरस्कार वितरण गरिएको हो ।

विजेतालाई राष्ट्रिय सभाका सदस्य तथा दिगो विकास तथा शुशासन समितिका सभापति तारादेवी भट्ट, प्रमुख सुचना आयुक्त महेन्द«मान गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुष्ठ अर्याल, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव शुरेश आचार्य, पुर्वमन्त्री गणेश शाहलगायतले पुरस्कार प्रदान गरेका थिए ।