८ कार्तिक २०८३, आइतबार

जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा मात्रै सीमित गरिने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौं, ३० साउन । यस वर्ष भदौ ७ गते पर्ने गाईजात्रा अर्थात् सापारु पर्व भक्तपुरमा औपचारिकतामा मात्रै सीमित गरिने भएको छ ।

भक्तपुर नगरपालिलकाले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै यस वर्षको गुन्हीपुन्ही अर्थात् जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा मात्र सीमित गरी मनाउने निर्णय गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

उनले भने, ‘कोरोना महामारीको जोखिम कायमै रहेकाले नगरपालिकाले जनैपूर्णिमामा भीडभाड गरेर मेला भर्न र गाईजात्रामा घिन्ताङघिसी एवं सांस्कृतिक प्रदर्शनी नगरी औपचारिकतामा मात्रै सीमित गर्न आफ्ना नागरिकमा अनुरोध गरेको छौँ ।’

कोभिडलाई हेलचेक्य्राइँ होइन, सतर्कता अपनाएर परास्त गर्नुपर्छ भन्दै उहाँले भीडभाड जम्मा हुने जात्रा, पर्वले सङ्क्रमण फैलिने खतरा रहने भएकाले जात्रा औपचारिकतामा मात्रै सीमित गर्ने निर्णय गरेको हो ।