आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

दैनिक नेपाल २०७८ साउन ३० गते ११:३२

काठमाडौं, ३० साउन । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने छ । बिहीबारबाट शुरु भएको बैठकमा हिजोसम्म ३१ जना केन्द्रीय र आमन्त्रित सदस्यहरुले धारणा राखेका छन् ।

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुको चासो क्रियाशील सदस्यतामा केन्द्रित रहेको थियो । कांग्रेसले केन्द्रीय सदस्यको धारणापछि महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ ।

कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गत स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् ।

बिहीबारबाट शुरु भएको बैठकमा पहिलो दिन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गगरेका थिए भने अन्य ९ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित