८ कार्तिक २०८३, आइतबार

बुबाले हानेको गोली लागेर छोराको मृत्यु

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

पाल्पा, ३० साउन । पाल्पामा बुबाले हानेको बन्दुकको गोली लागेर छोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका–६ तल्लोतालका ५६ वर्षीय कर्णबहादुर लम्तरीका छोरा धनबहादुर छन् । कर्णबहादुरले मकैबारीमा आएको एक स्याललाई भरुवा बन्दुकले हान्दा ३६ वर्षीय छोरा धनबहादुरलाई लागेको हो ।

बाबुले हानेको गोली छोराको टाउकोमा लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । छोराको ज्यान लिने बुबालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।