२ कार्तिक २०८३, सोमबार

स्पेनिस ला लिगामा भ्यालेन्सियासँग गेटाफे पाजित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३० साउन । स्पेनिस ला लिगामा भ्यालेन्सियाले विजयी सुरुवात गरेको छ ।

घरेलु मैदानमा शनिबार बिहान भएको खेलमा गेटाफेलाई १–० ले हराउँदै भ्यालेन्सियाले विजयी सुरुवात गरेको हो ।

भ्यालेन्सियाको जितमा कार्लोस सोलेरले खेलको ११ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक भयो ।

ह्युगो गुइलामोन रातो कार्ड पाएर बाहिरिएपछि भ्यालेन्सिया सुरुवातदेखि नै १० खेलाडीमा समेटिएको थियो । त्यस्तै खेलको ७६ औं मिनेटमा गेटाफेका इरिक कावाको दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएका थिए ।

ला लिगामा आज चार खेल हुँदैछन् । मलोर्का र रियल बेटिस, क्याडिज र लेभान्टे, एलाभेस र रियल मड्रिड, ओसासुना र इस्पान्योल खेल्दैछन् ।