धरान । गीतकार तथा संगीतकार उमेश रेग्मीले आफ्नो जन्मस्थान इनरुवाको प्रवद्धनका लागि अर्को नयाँ युगल गीत इनरुवा बजारमा म्युजिक भिडियोसहित आफ्नो युट्युब च्यानल गोत्र इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरेका छन् ।
चर्चित गायक विश्व नेपाली र चर्चित गायिका टीका प्रसाईको आवाजमा रहेको ‘इनरुवा बजारमा’ बोलको गीतलाई राजन इसानले संगीत संयोजन गरेका छन् ।
युवराज वाइबाको निर्देशनमा तयार भएको भिडियोमा रिमा विश्वकर्मा तथा मोडल कमल सिंहको अभिनय रहेको छभने निशाल पौडेलको छायांकन र बिकाश दाहालको सम्पादन रहेको छ ।
आफ्नो जन्म स्थानको प्रचार प्रसारको लागि र आफ्नो मातृभूमिप्रति समर्पित भएर यो गीत निर्माण गरेको रेग्मीले बताए ।















प्रतिक्रिया