८ कार्तिक २०८३, आइतबार

वी वील राइज फाउन्डेशनद्वारा सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । वी वील राइज फाउन्डेशनले नेपाल सरकारलाई सहयोगस्वरुप ५० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

हङकङस्थित सिल्क रोड इन्टरनेसनल फाउन्डेसनको सहयोग र वी वील राइजको सहकार्यमा करीब ५० लाख रुपैयाँ बराबरको उक्त सामग्री प्रदान गरिएको हो ।

फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठ र सञ्चालन निर्देशक अनुपकुमार बरालले आज शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।