८ कार्तिक २०८३, आइतबार

नेपाल खेलकुद महासंघद्वारा खेल, खेलाडी र खेल मैदानबारे मन्त्री राईसँग छलफल

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघको केन्द्रीय प्रतिनिधिमण्डलले खेल, खेल मैदान तथा खेलाडी र प्रशिक्षकहरूको हकहितका विषयमा प्रदेश १ को सामाजिक विकासमन्त्री उषाकला राईसँग छलफल गरेको छ ।

महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेलको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत, केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ का इञ्चार्ज प्रभातविक्रम कटवाल, सह–इन्चार्ज सन्तोष बान्तावा राई, सचिव बासु नेपाल, स्थायी कमिटी सदस्य सन्तोशी श्रेष्ठलगायतको टोलीले आज मन्त्री राईसँग खेल र खेलाडीसँग सम्बन्धित समसामयिक विषयमा छलफल गरेका हुन् ।

उक्त अवसरमा प्रतिनिधिमण्डलले विशेषगरी खेलाडी र प्रशिक्षकका लागि अहिलेको अवस्थामा खोप आवश्यकता परेकाले त्यसको व्यवस्थापन गरिदिन आग्र गरेको थियो । जवाफमा सामाजिक विकासमन्त्री राईले प्रदेश १ का सम्पूर्ण खेलाडी र प्रशिक्षकहरूलाई खोपको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेको महासंघले जनाएको छ ।

मन्त्री राईको प्रतिबद्धतासँगै महासंघको पहलकदमीमा प्रदेश १ का खेलाडी तथा प्रशिक्षकहरूले कोभिड–१९ विरुद्धको खोप प्राप्त गर्ने सुनिश्चितता भएको महासंघको दाबी छ । प्रतिबद्धता अनुसार अब छिट्टै नै महासंघको नेतृत्वमा प्रदेश १ का खेलाडीहरूलाई खोप लगाउन शुरू गरिने छ ।