
काठमाडौं, २९ साउन । गायिका तुलसी घर्ती मगर र कमल बिसी ‘माल्दाइ’को सुमधुर आवाजमा मौलिकतामा आधारित डान्सिङ तीज गीत ‘बरिलै…’ सार्वजनिक भएको छ ।
भरत बोहरा (समर्पण) को संगीत तथा गायक भीम कार्कीको उत्कृष्ट शब्द रचना रहेको गीत गायक बिसीको युट्युव च्यानलमार्फत बुधबार सार्वजनिक गरिएको हो ।
स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन रहेको गीतमा गायक बिसी, अश्मि थापा र जमुना दिदीको अभिनय छ । मंगलम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन तेजेन्द्र दुराले गरेका हुन् ।
त्यस्तै सुरेश श्रेष्ठले गीतका दृश्य छायांकन गरेका हुन् भने प्रकाश धमलाले भिडियो सम्पादन गरेका छन् ।















प्रतिक्रिया