८ कार्तिक २०८३, आइतबार

कायममुकायम प्रधान सेनापति शर्मा र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । नेपाली सेनाका कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मा र भारतीय राजदूत विनय मोहन क्वात्राबीच जङ्गी अड्डामा भेटवार्ता भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।

यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाइएको छ ।