
काठमाडौं, २९ साउन । शुक्रबार देशभर कोरोना भाइरसका ३ हजार ९१५ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ८९ जना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा ७९९ जना, ललितपुरमा १२८ जना र भक्तपुरमा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अघिल्लो दिन काठमाडौं उपत्यकामा १ हजार १८६ जना संक्रमित थपिएका थिए । केही दिनयता उपत्यकामा पनि कोरोना संक्रमित हुनेको संख्या दिनप्रतिदित बढ्दै गएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर ११ हजार ७०८ जनाको आरटी–पीसीआर गर्दा २ हजार ७६३ जना र ६ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ११५२ जना गरी आज ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख २८ हजार ५३२ जना पुगेको छ ।















प्रतिक्रिया