आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

एक थान पेस्तोलसहित तीन जना पक्राउ

दैनिक नेपाल २०७८ साउन २९ गते १४:१०

पर्सा, २९ साउन । वीरगञ्ज महानगरपालिका–१५ ब्रह्मचोकबाट एक थान पेस्तोलसहित तीन जानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–१२ ठेगाना भएका ३५ वर्षीय अनिल साह, सुनसरी धरान उप–महानगरपालिका–१५ ठेगाना भएका ३२ वर्षीय रवि पौडेल र पर्सा पकाहामैनपुर गाउँपालिका–७ ठेगाना भएका ४० वर्षीय विजय कुमार पटेल छन् ।

सोही ठाउँस्थित एक होटेलमा तीन जना व्यक्तिहरु सानो हतियार बेचबिखन गर्ने उद्देश्यले बसिरहेका छन् भन्ने सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर हातहतियारसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित