आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

महासंघको ‘कोरोना राहत कोष’मा अष्ट्राटेक प्रालिका तर्फबाट तीन लाख रूपैयाँ सहयोग

दैनिक नेपाल २०७८ साउन २९ गते १३:५०

काठमाडौं, २९ साउन । नेपाल पत्रकार महासंघले कोरोना सक्रंमित पत्रकारलाई सहयोग पुर्याउने उद्देश्यले स्थापना गरेको ‘कोरोना राहत कोष’का लागि अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्राटेक प्रालिले तीन लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

अष्ट्राटेक प्रालिका फाउण्डर तथा एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी (एनएसडब्ल्यू) इ. विनोद कुँवरमार्फत प्राप्त भएको उक्त रकम आज शुक्रबार एक कार्यक्रमबीच महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टलाई हस्तान्तरण गरिएको छ ।

अष्ट्राटेक प्रालिका नेपालस्थित कार्यालयका प्रतिनिधि सैलेश शाँखीले उक्त रकम विष्टलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित