८ कार्तिक २०८३, आइतबार

ओलीबारेको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद मात्रिका यादवले एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको स्वास्थ्यलाई लिएर बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन् ।

एमालेले सो अभिव्यक्ति हटाउन माग गर्दै सदन शुरु हुनासाथ आपत्ति जनाएपछि सभामुखले यादवले बोलेका शब्द संसदीय मर्यादा र नियमावलीविपरीत रहेको भन्दै संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।

मात्रिकाले हिजोको संसद बैठकमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नामै उच्चारण गरेर देश चलाउनेको मानसिक अवस्था ठिक हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।