शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अन्ततः मन्त्री बन्न पाइनन् विमला, किन हटाइयो मन्त्रीको सूचीबाट नाम ?

दैनिक नेपाल २०७८ साउन २९ गते १३:१६

बुटवल, २९ साउन । पदकै लागि पटक–पटक पार्टी परिवर्तन गरेर खुबै चर्चा कमाएकी लुम्बिनीकी सांसद बिमला ओलीको नाम मन्त्री बन्ने सूचीबाट काटिएको छ ।

बिहीबार पहिलो चरणमै मन्त्री बन्ने सूचीमा रहेकी बिमलालाई माओवादीकै सांसदहरूले मन्त्री बन्नबाट रोकेका छन् । कांग्रेस–माओवादी गठबन्धनको सरकार बन्ने सुनिश्चित भएसँगै केही दिनअघि मात्र एमाले छोडेर माओवादी क्याम्पमा पुगेकी सांसद विमला ओलीलाई आफ्नो भनिएकाहरूले नै मन्त्री बन्नबाट रोकेका हुन् ।

बिहीबार मन्त्रीहरुको सूचीमा नाम रहेकी बिमला ओलीको सपथ ग्रहण गर्ने तयारीकै बेला नाम हटाउन माओवादीकै केही महिला सांसदले दबाब दिएको बताइएको छ । उनीहरूको दबाबकै कारण सपथको कार्यक्रम समेत निर्धारित समय भन्दा ढिलो हुन पुगेको थियो ।

एमालेले आफ्नो सांसद दाबी गर्दै आएकी बिमला खत्री ओलीलाई एमाले छोडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेबापत मन्त्री बनाउने आश्वासन दिएको थियो । तर, माओवादीबाट निर्वाचित सांसदहरुले आफूहरु संघर्षको मैदानबाट आएको जीवनको लामो समय पार्टीका लागि खर्चेको भए पनि भर्खरै प्रवेश गरेकाहरुलाई मन्त्री बनाउन नहुने भन्दै असन्तुष्टि जनाएका कारण नाम हटाउनुपरेको बतायएको छ ।

प्रतिक्रिया
सम्बन्धित