आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

सांसद बिमला ओली र मन्त्री बनेका शाहीलाई एमालेले सांसदबाट पदमुक्त गराउने

दैनिक नेपाल २०७८ साउन २९ गते १२:५३

बुटवल, २९ साउन । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका अजय शाहीलाई सांसदबाटै पदमुक्त गराउने तयारी थालेको छ ।

चार दलीय गठबन्धनलाई सघाउँदै मन्त्री बनेका सांसद शाहीलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाइसकेको लुम्बिनी एमालेले जनाएको छ । एमालेले आफ्नो चुनाव चिह्नबाट निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपाको सूर्य चिन्हबाट जितेकी विमला ओलीलाई पदमुक्त गराउन लागेको हो ।

उनीहरूले नयाँ सरकार बनाउन दाबी गरेको निवेदनमा हस्ताक्षर गरेपछि कारबाही प्रक्रिया अघि बढाएको एमाले सचेतक भूमिश्वर ढकालले जानकारी दिए । ढकालले शाहीलाई लिखित स्पष्टीकरण सोधेका छन् भने ओलीलाई पार्टी अध्यक्ष केपी ओलीले पठाएको स्पष्टीकरण यसअघि नै बुझाएको बताए ।

एमालेले बहिष्कार गर्ने भनेको प्रदेशसभाको विशेष अधिवेशनमा उपस्थित शाही ४ दलीय गठबन्धनको सरकारमा विनाविभागीय मन्त्री बनेका छन् । नवलपरासी पश्चिम–१ ‘ख’बाट सूर्य चिन्हबाट चुनाव जितेका उनले वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर अर्को दिन फिर्ता लिएको जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित