२ कार्तिक २०८३, सोमबार

प्रियंकाको ड्रेसको मूल्य ८ सय डलर

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएञ्जलस । ग्लोबल आइकनका रूपमा परिचित बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय सामाजिक सञ्जालमा निकै छाइरहेकी छन् । उनी आफ्नो काममा व्यस्त हुनुका साथै परिवार र साथीभाइका लागि समय निकालिरहेकी हुन्छिन् ।

अहिले लन्डनमा व्यस्त रहेकी प्रियंका केही समय अघि न्युयोर्क पुगेकी थिइन्। त्यहाँ उनले परिवारसँग समय बिताउनुका साथै आफ्नै ‘सोना’ रेष्टुरेन्टमा भारतीय खाना खाएकी थिइन् ।

रेष्टुरेन्टमा भारतीय खानाको मज्जा उठाउनुका साथै आफ्नी आमा मधु चोपडाको जन्मदिन पनि धुमधामका साथ मनाएकी थिइन् । आमाको जन्मदिन मनाउन प्रियंका विशेष पोसाकमा सजिएकी थिइन् ।

आमाको जन्मदिनको पार्टीमा प्रियंकाले सेतो रंगको ‘हाई स्लिट’ लगाएकी थिइन् । जुन ड्रेसमा उनलाई निकै सुन्दर पनि देखिएको थियो । उनले हाई स्लिटसँगै गोल्डेन हिल लगाएकी थिइन् । उनले केही समयअघि कैद गरिएको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी हुन् । सामाजिक सञ्जालमा उनको सुन्दरता र पहिरनको निकै चर्चा भइरहेको छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको प्रियंकाले लगाएको पहिरन फ्रेन्च फेसन कम्पनी ज्याकुमसको हो । यो ड्रेस हलिउड मोडल जीजी हदिदले एक वर्षअघि ‘¥याम्प वाक’का क्रममा लगाएकी थिइन् । अहिले प्रियंकाले लगाएकी ड्रेस त्यतिबेलै निकै चर्चामा आएको थियो । जसको मूल्य आठ सय अमेरिकी डलर पर्ने जनाइएको छ ।

उनी हलिउड सिरिज सिटाडेलको सुटिङमा व्यस्त छिन्। उनले आफ्नो व्यस्त तालिकाबीच पनि केही समय निकालेर साथीहरूसँग इङ्ल्यान्डको विभिन्न स्थानको घुमघाम पनि गर्दै आएकी छन् । उनले आफूले घुमेका सुन्दर ठाउँहरूको तस्बिर र भिडियो सामाजिक सञ्जालमा पनि सेयर गर्दै आएकी छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्रामले हरेक वर्ष सार्वजनिक गर्ने ‘इन्स्टाग्राम रिच लिस्ट’मा उनी पनि परेकी थिइनन् । उनी यो सूचीमा २७औं स्थानमा परेकी हुन् । एजेन्सी