
मकवानपुर, २८ साउन । नेपाली कांग्रेसका युवा नेता तथा मकवानपुर काठमाडौं सम्पर्क समितिका उपाध्यक्ष तेज प्रसाद घिमिरे तरुण विभागको बागमती प्रदेश सह–संयोजकमा मनोनित भएका छन् ।
नेपाल तरुण विभागको केन्द्रीय निर्णय अनुसार उनलाई विभागको बागमती प्रदेश सह–संयोजकमा मनोनित गरिएको हो । मकवानपुर जिल्ला स्थायी घर भएका घिमिरेलाई पूर्वमन्त्री एवम् तरुण विभागका प्रमुख शंकर भण्डारीले मनोनित गरेका हुन् ।
सह– संयोजक घिमिरेले तरुण विभाग बागमती प्रदेशलाई अझै गतिशील तुल्याई युवाको हितका लागि उल्लेख्य काम गर्ने बताएका छन् । उनले युवाको चौतर्फी विकास गर्ने कार्यक्रम ल्याइने, स्वदेशमै रोजगारीको अवसर सृजना गर्न तथा उद्यमशील बनाउन विभिन्न शीपमुलक तामिलको व्यवस्था गर्न पहल गरिने बताए ।
विभागले आगामी दिनमा पनि समाजमा भएका विकृति विसंगतिविरुद्ध आवाज उठाउँदै समाजको समूचित विकासका लागि डटेर काम गर्ने उनले बताए ।















प्रतिक्रिया