शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

काठमाडौं उपत्यकामा बिहीबार थपिए ११३३ जना संक्रमित

दैनिक नेपाल २०७८ साउन २८ गते १७:४२

काठमाडौं, २८ साउन । बिहीबार देशभर कोरोना भाइरसका ३ हजार २६० जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार १३३ जना संक्रमित थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा ८११ जना, ललितपुरमा १९२ जना र भक्तपुरमा १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर १० हजार ०६ जनाको आरटी–पीसीआर गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ जनाको एन्टिजेन परीक्षण गर्दा ७७ जना गरी आज ३ हजार २६० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख २५ हजार ७६९ जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित