शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

२४ घण्टामा थप ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि

२,२९४ जना निको हुँदा ३२ जनाको मृत्यु

दैनिक नेपाल २०७८ साउन २८ गते १७:३०

काठमाडौं, २८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर १० हजार ०६ जनाको आरटी–पीसीआर गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ जनाको एन्टिजेन परीक्षण गर्दा ७७ जना गरी आज ३ हजार २६० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख २५ हजार ७६९ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार २१२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २९४ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७७ हजार ३७७ जना पुगेको छ । यो कुल संक्रमितको ९३ दशमल ३ प्रतिशत हो । पछिल्लो समय निको हुनेको दर क्रमशः घट्दै गएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३७ लाख २९ हजार १०९ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३८ हजार १८० जना आइसोलेसन र ४४१ जना क्वारेन्टिनमा छन् ।

अघिल्लो २४ घण्टाको अवधिमा नेपालमा ३ हजार ४८१ जना नयाँ संक्रमित, १ हजार ८८५ जना निको र ३० जना मृतकको संख्या थपिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित