शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

लुम्बिनीमा नयाँ सरकार गठन, सात सदस्यीय मन्त्रिपरिषद विस्तार

दैनिक नेपाल २०७८ साउन २८ गते १७:२४

बुटवल, २८ साउन । लुम्बिनी प्रदेशमा प्रदेशसभा नयाँ सरकार गठन भएको छ ।

प्रदेशसभा सदस्य कुलप्रसाद केसीको मुख्यमन्त्रीत्वमा आज बिहीबार नयाँ सरकार गठन भएको हो । नवनियुक्त मुख्यमन्त्री केसीले आजै आफ्नो मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

मुख्यमन्त्री केसीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका सांसदहरु समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन् ।

चौधरी शहरी तथा ग्रामीण विकास र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् । अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित