शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

कोरोना संक्रमणबाट पत्रकार विष्टको निधन, मृतक पत्रकारको संख्या २१ पुग्यो

दैनिक नेपाल २०७८ साउन २८ गते १६:४८

काठमाडौं, २८ साउन । कोरोना भाइरसको संक्रमणका कारण पत्रकार मनोज विष्टको निधन भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचाररत पत्रकार विष्टको गत शनिबार (साउन २३ गते) निधन भएको हो ।

उज्यालो रेडियो नेर्टवर्कसहित विभिन्न सञ्चारमाध्यममा लामो समय पत्रकारितामा क्रियाशील रहेका विष्टको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ ।

महासंघका अनुसार कोरोनाकै कारण विष्टसहित हालसम्म २१ जना पत्रकारको निधन भएको छ भने १ हजारभन्दा बढी पत्रकार संक्रमित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित