शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

प्रवेशपत्रका आधारमा विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाउन पाउने

दैनिक नेपाल २०७८ साउन २८ गते १४:३३

काठमाडौं, २८ साउन । सरकारले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु गरेको छ ।

काठमाडौं उपत्यकाका पाँच वटा खोप केन्द्रबाट प्रवेशपत्रको आधारमा विद्यार्थीहरुलाई बिहीबारदेखि खोप दिन शुरु गरिएको बताइएको छ ।

काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल, निजामति कर्मचारी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रबाट विद्यार्थीले खोप लगाउन सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित