शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

तीन वटै तहका जनप्रतिनिधिहरूको सम्पत्ति छानबिन गरौं : एमाले सांसद बिक

दैनिक नेपाल २०७८ साउन २८ गते १४:०१

काठमाडौं, २८ साउन । नेकपा एमालेकी सांसद आशाकुमारी विकले तीनवटै तहका जनप्रतिनिधिहरूको सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेकी छन् ।

आज बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्दै त्यसबारे छानबिन गर्नुपर्ने बेला भएको बताएकी हुन् । नयाँ सरकारले सरकारले छानविनको विषयलाई जोड दिइरहेको बेला सांसद बिकले यस्तो माग गरेकी हुन् ।

‘जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्ने छ । जनप्रतिनिधि र नेताको नाम नै भ्रष्टाचारी भन्ने टोल–टोलमा सुनिन्छ । देउवा सरकारले हनिमुनको पिरियडमा स्थानीय, प्रदेश र संघका प्रतिनिधिहरुको सम्पत्ति छानबिन गरोस् भन्ने माग गर्न चाहन्छु ।’

सरकारले साझा न्यूनतम कार्यक्रममा केही विषयमा छानविन गरी दोषीलाई कारबाही गर्ने उल्लेख गरेको सन्दर्भलाई लक्षित गरी उनले सम्पूर्ण जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न सरकारलाई चुनौती दिएकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित