
सुनसरी, २८ साउन । जिल्ला प्रहरी कार्यालय सुनसरीको नवनिर्मित भवन आज बिहीबार उद्घाटन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको परिसरमा नवनिर्मित कार्यालय, व्यारेक, कार्यालय प्रमुख निवास तथा सिनियर प्रहरी अधिकृत आवास भवनहरुको आज आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्घाटन गरेका हुन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माणमा सहयोग गर्ने पालिका प्रमुखहरुलाई सम्मानपत्र, उत्कृष्ट कार्य गर्ने प्रहरी तथा सहयोगीहरुलाई प्रशंसापत्र र निर्माण व्यवसायीहरुलाई कदरपत्र प्रदान गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक क्षेत्रीले नयाँ भवनको निर्माणमा संलग्न सम्पूर्णमा धन्यवाद दिँदै नयाँ भवन मार्फत जनताको आशा पनि बढेकोले प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरीयता बढाउनु पर्नेमा जोड दिए ।
गत वर्ष भन्दा यस आर्थिक वर्षमा अपराध घटेको र प्रहरीले गर्ने कार्यहरुलाई बस्तुगत एवं प्रविधियुक्त बनाउनाका साथै राजश्वमा वृद्धि, फरार प्रतिवादी पक्राउ र सफल मुद्दा लगायतका गतिविधिमा हरेक महिनाको अन्तमा मूल्याङ्कदन गर्ने गरिएको चर्चा गर्दै उनले सुरक्षा जनता र प्रहरीको संयुक्त जिम्मेवारी भएका चर्चा गरे ।















प्रतिक्रिया