८ कार्तिक २०८३, आइतबार

‘साझा न्यूनतम कार्यक्रममा एमसीसी राखौं त भनेको हो तर प्रचण्डले मानेनन्’

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नराखेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गम्भीर प्रश्न उठाएसँगै सत्तारुढ दल नेपाली कांग्रेसमा पनि यसबारे चर्चा शुरू भएको छ ।

तर, सत्तासाझेदार दलका नेताहरूले नै उक्त विषय समावेश गर्न नमानेपछि साझा न्यूनतम कार्यक्रममा एमसीसीलगाय सीमा विवादको विषय उल्लेख गर्न नसकिएको प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम्ले सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री देउवाले सरकारको साझा न्यूनतम कार्यक्रममा (एमसीसी) समेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नभएको बताएका छन् । प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे केही उल्लेख नगरिएको प्रधानमन्त्री देउवाको भनाइ छ ।

नेपाली काँग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा उपसभापति विमेन्द्र निधिले एमसीसीबारे प्रश्न उठाएपछि देउवाले यस्तो जवाफ फर्काएको एक नेताले बताएका छन् । ‘राख्न त खोजेको हो । तर, प्रचण्डले मानेनन्,’ देउवालाई उद्धृत गर्दै ती नेताले भने ।

‘एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको बारेमा साझा न्यूनतम कार्यक्रममा केही नसमेटिएको भन्दै कांग्रेसभित्रै मत विभाजित भएको छ ।