शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

अफगानिस्तान युद्ध: कान्दहारको जेल तालिबानको कब्जामा, सरकारद्वारा सेना प्रमुख हटाइए

दैनिक नेपाल २०७८ साउन २८ गते ७:२४

अफगानिस्तान, २८ साउन । अफगानिस्तानमा एकपछि अर्को सहर नियन्त्रणमा लिइरहेको तालिबानले त्यहाँको दोस्रो ठूलो सहर कान्दहारको एउटा जेललाई आफ्नो कब्जामा लिएर सयौँ कैदीहरूलाई रिहा गरिदिएको खबर आएको छ ।

अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार देशको दक्षिणी भागमा अवस्थित उक्त सहरका ूगल्ली गल्लीमा लडाइूँ जारी छ । बढ्दो हिंसाका बीच बुधवार अफगान सरकारले त्यहाँका सेना प्रमुखलाई बर्खास्त गरेको थियो ।

हालसम्म ३४ मध्ये ९ वटा प्रान्तीय राजधानीहरूलाई नियन्त्रण गरिसकेको तालिबानले कान्दहारलाई पनि कब्जा गर्न प्रयास गरिरहेको छ । रेडक्रसका अनुसार अफगानिस्तानको उक्त दक्षिणी सहरबाट मानिसहरू पलायन भइरहेका छन् ।

त्यहाँ एक साताभित्र घाइते हुने सर्वसाधारणको सङ्ख्या दोबर भएको छ । श्रृङ्खलाबद्ध रूपमा अफगानिस्तानका प्रान्तीय राजधानीहरू तालिबानको कब्जामा गएपछि बुधवार अफगान सरकारले त्यहाँका सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको थियो ।

उनी उक्त पदमा गत जुनमा नियुक्त भएका थिए । उनका उत्तराधिकारीले देशभरि बढेको हिंसा र तालिबानको शक्तिसँग जुझ्नु पर्नेछ ।

अफगानिस्तानमा २० वर्षदेखि रहेका अमेरिकी र अन्य विदेशी फौजले छाडेपछि तालिबानले आफ्नो नियन्त्रण बढाउँदै लगेको हो । संयुक्त राष्ट्रसङ्घका अनुसार गत महिना मात्र त्यहाँ १,००० सर्वसाधारण मारिएका छन् ।

परम्परागत रूपमा तालिबान विरोधी रहँदै आएको अफगानिस्तानको उत्तरी सहर मजार(ए(शरीफ पनि तालिबानी हमलाको चपेटामा परेको छ ।

राष्ट्रपति असरफ गनी सरकार समर्थक फौजलाई हौसला बढाउन एउटा र्‍यालीमा सहभागी हुन बुधवार उक्त सहरमा पुगेका थिए । बीबीसी

प्रतिक्रिया
सम्बन्धित