२ कार्तिक २०८३, सोमबार

चेल्सीले यूईएफए सुपर कप लग्यो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २८ साउन । चेल्सीले यूईएफए सुपर कपको उपाधि जितेको छ । बिहान भएको खेलमा भिल्लारियललाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराउँदै चेल्सीले उपाधि जितेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका किपा अरिजाब्लागाले कप्तान राउल अल्बिओलको प्रहार रोकेपछि विन्डसर पार्कमा चेल्सी च्याम्पियन बनेको हो ।

यूईएफए सुपर कप आयरल्यान्डमा भएको छ । कोभिड–१९ को महामारी पछि पहिलो पटक १३ हजार दर्शकको उपस्थितिमा प्रतियोगिता भएको छ ।