३ कार्तिक २०८३, मंगलबार

मिस नेपाल नर्थ अमेरिका–२०२१ को उपाधि गरिमालाई

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं । न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका–२०२१ को उपाधि गरिमा ज्ञवालीले जितेकी छन् ।

ग्रान्ड फिनालेमा १८ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि जितेकी हुन् । यस्तै फस्र्ट रनर अप याङ्गछेन लामा र सेकेन्ड रनर अप शुभेच्छा निरौला घोषित भएकी छन् । मिस नेपाल नर्थ अमेरिका–२०२ मा अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली युवतीहरुले प्रतिस्पर्धामा भाग लिएका थिए ।

ग्रान्ड फिनालेमा पूर्वमिस नेपालहरु मलिना जोशी, श्रृंखला खतिवडा, सदीक्षा श्रेष्ठ समेत उपस्थित थिए । सुरजसिंह ठकुरी, बासु फुलारा, मलिना जोशी, सवु गदाल कार्की निर्णायक थिए । नेपाली महिलाहरुलाई सशक्त तुल्याउन कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्थाका संस्थापक सभापति शैलेश श्रेष्ठले बताए ।

बिजेता गरिमाले केही गीत स्वर भर्ने संगै मोडलिङ समेत गरेकी छिन् ।