८ कार्तिक २०८३, आइतबार

गैरआवासीय नेपाली नागरिकता विधेयकबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तको नेतृत्वको प्रतिनिधिमण्डलले आज मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरी आफ्नो समस्याहरूबारे जानकारी गराएको छ ।

भेटमा अध्यक्ष पन्तले प्रधानमन्त्री देउवालाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै हालसम्म संघले नेपाल सरकारसँग गरेको सहकार्यबारे स्मरण गराए । सोही अवसरममा उनले लामो समयदेखि संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकता विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।

यस्तै पछिल्लो विषम अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार, नेपाल ल्याइएका श्रमिकहरुको पुनः स्थापनालगायत विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन समेत अध्यक्ष पन्तले आग्रह गरेका छन् ।

यस्तै सो अवसरमा उपस्थित संघका पूर्व अध्यक्ष जीवा लामिछानेले बेलायतमा रहेका बिट्रिश गोर्खाको सत्याग्रहको विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै उनीहरुको समस्या समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक रुपमा पहल गरिदिन आग्रह गरेका छन् । यस्तै उनले लामो समयदेखि विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विषयमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले संविधानमा व्यवस्था भए बमोजिम छिट्टै गैरआवासीय नेपाली नागरिकता लगायतका विषय टुंगो लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । भेटका क्रममा संघका उपाध्यक्षद्वय सोनाम लामा, रविना थापा, गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थय समितिका संयोजक डा संजिव सापकोटा, संघका कार्यकारी प्रमुख राजेश राणा लगायतको उपस्थिति थियो ।