८ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीलाई एमाले अध्यक्ष ओलीको प्रश्न– के गर्नुहुन्छ एमसीसी ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुरलाई अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन (एमसीसी) के गर्नुहुन्छ भनेर प्रश्न गरेका छन् ।

आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिसभामा टेबुल भइसकेको एमसीसीका बारेमा जिज्ञासा राख्दै प्रधानमन्त्री देउवा सरकारलाई यस्तो प्रश्न गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यू, जनता सोध्दैछन्– एमसीसी के हुन्छ ? सभामुख महोदय तपाईं के गर्नुहुन्छ । सरकारसँग सवल मत छ । पास गरेर देखाए भइहाल्यो नि,’ ओलीले भने ।

हालै सरकारले सार्वजनिक गरेको साझा न्यूनतम नीति तथा कार्यक्रममा समेत एमसीसीबारे उल्लेख नगरेको भन्दै उनले खरो टिप्पणी समेत गरेका छन् । ओलीले सरकारको न्यूनतम कार्यक्रममा कुनै नौलो कुरा नसमेटिएको र जनता झुक्याउने कार्यक्रममात्रै रहेको टिप्पणी समेत गरेका छन् ।

सरकारको कार्यक्रममा एमसीसीबारे केही नबोलेको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्न गर्दै भने, ‘एमसीसीको बारेमा साझा न्यूनतम कार्यक्रममा केही छैन । एमसीसी बिर्सिनुभो कि क्या हो ? के गर्नुहुन्छ एमसीसी तपाइँ ?’