८ कार्तिक २०८३, आइतबार

माओवादीका नेता कृष्ण केसीलाई भेट्न नर्भिक हस्पिटल पुगे प्रचण्ड

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका छन् ।

माओवादीका नेता कृष्ण केसीको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न प्रचण्ड स्वकीय सचिव(छोरी) गंगा दाहालसहित अस्पताल पुगेका हुन् । त्यहाँ उनले केसीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग समेत कुरा गरेका थिए । नेता केसीसँग समेत कुरा गरी करीब १५ मिनेट अस्पताल बसेर उनी बाहिरिएका थिए ।

माओवादीका युवा नेता केसीलाई घाँटीमा घाउ देखिएपछि अगस्ट ४ मा नर्भिक अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको छातिमा समेत सामान्य समस्या देखिएको छ । अवस्था सामान्य छ ।